एनआरएनए पहिलो बैठक : सल्लाहकार र संरक्षकमा को-को ? (नामावलीसहित)


SHARES

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को नवौँ कार्यसमितिको पहिलो बैठकले महत्वपूर्ण निर्णय गरेको छ । शनिबार बेलुकी सम्पन्न बैठकले संरक्षक र सल्लाहकार चयन गरेको छ ।

पहिलो बैठकले संघको प्रमुख संरक्षकमा पूर्वअध्यक्ष शेष घलेलाई मनोनित गरिएको छ । संरक्षकहरुमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षत्रय जीवा लामिछाने, देवमान हिराचन र भवन भट्ट तथा पूर्वसंरक्षक रामप्रताप थापालाई संरक्षक समितिको सदस्यको रुपमा मनोनित गरिएको छ ।

सल्लाहकारमा कुल आचार्य, सपिला राजभण्डारी, रामेश्वर शाह, टिबी कार्की, सोम सापकोटा, त्रिलोक गुरुङ, विश्वआदर्श पण्डित, पुष्प तिमिल्सेना, जमुना गुरुङ, एसी शेर्पा र हरिबोल भट्टराई चयन भएका छन् ।

त्यस्तै बैठकले मध्यपूर्वका विभिन्न देशमा रहेका नेपाली कामजारको हितमा स्थापित श्रमिक कल्याणकारी कोषका लागि १ करोड ६ लाख रुपैयाँ राहत रकम दिने निर्णय गरेको छ । नवनिर्वाचि पदाधिकारी तथा सदस्यले उक्त रकम दिनेछन् ।

भिजिट नेपाल २०२० सफल पार्नका लागि निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा समिति गठन गरिएको संघका उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिए । त्यस्तै एनआरएनएको आगामी मतदान सम्बन्धित देशबाटै गर्नका लागि उपाध्यक्ष मन केसीको संयोजकत्वमा समिति गठन गरिएको छ ।

समितिले अध्ययन प्रतिवेदन आइसीसीमा प्रस्तुत गर्नेछ ।

बैठकपछि जारी गरिएको विज्ञप्ति

गैरआवासीय नेपाली संघको नवनिर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठक सम्पन्न

श्रमिक कल्याणकारी कोषका लागी १ करोड ६ लाख रुपैयाँ प्रदानः गैरआवासीय नेपाली संघको नवनिर्वाचित अन्तर्राष्ट्रिय समन्वय परिषद्को पहिलो बैठकमा सदस्यहरुले वैदेशिक रोजगारिमा पिडितहरुलाई सहयोग गर्ने हेतुले स्थापित श्रमिक कल्याणकारी कोषका लागि रु १ करोड ६ लाख रुपैयाँ सहयोग गर्ने प्रतिवध्दता गरेका छन् ।

संघका अध्यक्ष कुमार पन्तको प्रस्तावमा संघका नवनिर्वाचित पदाधिकारी एवं सदस्यले सो रकम दिने घोषणा गरेका हुन् । स्मरण रहोस यस कोषबाट एक निश्चित मापदण्डका आधारमा विदेशमा रोजगारीका दौरानमा पिडितहरुलाई सहयोग गर्दै आएको छ ।

आज सम्पन्न बैठकले १९ वटा एजेन्डामाथि बृहत छलफल गरेको थियो । बैठकले यस अघिनै थालिएका कार्यक्रम र शुरु गरिएका पहलहरुलाई निरन्तरता दिँदै विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको छ ।

बैठकले सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष २०२० मा सहकार्य गर्नका लागि निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा समिति गठन गरेको छ । यस्तै पुर्वाधार विकाशका लागि रु १० अर्बको लगानी भित्र्याउने अभियान अगाडी बढाउन अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक समिति बनाई १ महिनाभित्र कार्य योजना प्रस्तुत गर्न बैठकले निर्णय गरेको छ ।

संघको निर्वाचन विधुतिय पद्दतीबाट प्रत्यक्ष मतदान मार्फत गर्न र निशुल्क सदस्यता बारे अध्यन गर्न उपाध्यक्ष मन केसीको संयोजकत्वमा एक समिति गठन गरेको छ र यस समितिमा महासचिव डा. हेमराज शर्मा, सचिव गौरीराज जोशी र कोषाध्यक्ष महेश श्रेष्ठ रहनु भएको छ ।

महासचिव डा. हेमराज शर्माको संयोजकत्वमा विशेष महाधिवेशन बोलाउने तयारी गर्ने निर्णय समेत गरेको छ । विशेष महाधिवेशनले संघको संस्थागत संरचना र निर्वाचन प्रणालीको परिवर्तन गर्नेछ। संघको काठमाडौ स्थित सचिवालयलाई चुस्त बनाउन डा. हेमराज शर्माको नेतृत्वमा एक समिति गठन गरेको छ।

सँस्थाको आर्थिक प्रतिवेदन तयार गर्न कोषाध्यक्ष महेश श्रेष्ठको संयोजकत्वमा एक समिति निर्माण गर्ने निर्णय गरेको छ। आगामी २ वर्षका लागि मार्गचित्र कोर्न निकट भविष्यमा एक कार्यशालाको आयोजना गर्ने भएको छ।

संघमा अब ५ बिभाग

बैठकले ५ उपाध्यक्षहरुको नेतृत्वमा ५ विभाग (वैदेशिक रोजगार, परोपकारी तथा मावकल्याण, व्यवपार तथा लगानी, सिप, ज्ञान, र नबप्रवर्तन, नेपाल प्रवर्धन) निर्माण गर्ने र बिभागमा अन्तर्राष्ट्रिय समन्वय परिषद्का सदस्यहरु र सम्बन्धित क्षेत्रका विज्ञहरुको रहने ब्यबस्था गरेको छ। एनआरएनए फाउण्डेसन स्थापना गरी सबै परोपकारी कार्यक्रम यसै फाउण्डेसन मार्फत एकद्वार प्रणालीबाट गर्ने निर्णय गरेको छ ।

एनआरएन विज्ञ सम्मेलनलाई निरन्तरता दिँदै दोश्रो विज्ञ सम्मेलन सन २०२० गर्ने निर्णय गरिएको छ । त्यस्तै संघको अगामी क्षेत्रीय सम्मेलन मध्यपूर्वमा आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ ।

संघका संरक्षक परिषद गठन

बैठकले गैरआवासीय नेपाली संघको संरक्षक परिषद्को सदस्य समेत चयन गरेको छ । परिषदमा प्रमुख संरक्षक डा. शेष घले र अन्य संरक्षकहरुमा पूर्व अध्यक्ष द्वय देवमान हिराचन र जीवा लामिछाने, निवर्तमान अध्यक्ष भवन भट्ट र पूर्व संरक्षक रामप्रताप थापा रहनु हुनेछ । वैठकले संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोलाई संघको उच्च वरियतामा राख्ने समेत निर्णय गरेको छ ।

सल्लाहकार समिति गठन

आज बसेको बैठकले गैरआवासीय नेपाली संघको ११ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सो समितिमा निवर्तमान उपाध्यक्ष कुल आचार्य (यु के), सपिला राजभण्डारी (रसिया), रामेश्वर शाह (नेपाल), टी.बी कार्की (कतार), सोम सापकोटा (माल्टा), त्रिलोक गुरुङ (हङ्कङ), विश्व आदर्श पण्डित (युके), पुष्प तिमल्सिना (स्पेन), जमुना गुरुङ (अष्ट्रेलिया), एसी शेर्पा (अमेरिका), र हरिबोल भण्डारी (अमेरिका) रहनुहुनेछ ।

वैठक अत्यन्त सौहार्धपुर्ण वातावरणमा भएको थियो र वैठकमा अव निर्वाचन सकिएको, चुनावको बेला बनिएका र गरिएका कुरा बिर्सिएर अवका दिनमा एक ढिक्का भएर अघि वढनु पर्ने कुरामा पुर्ण मतैक्यता थियो ।

सचिवालय
गैरआवासीय नेपाली संघ ।
मिति : २०७६\ ०७ \ ०३ (२० अक्टोवर २०१९)


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV