गर्भावस्थाका बेला शारीरिक सम्बन्ध कसरी कायम गर्ने ?


SHARES

एजेन्सी । गर्भावस्थाको समयमा शारीरिक सम्बन्ध बनाउनका लागि पूर्णरुपमा सुरक्षित हुँदैन । गर्भवती भएका बेलामा शारीरिक सम्बन्ध कायम गर्ने समयमा ध्यान दिन नसक्दा गर्भपतन हुने सम्भावना हुन्छ ।

गर्भवती भएको तेस्रो महिनासम्म शारीरिक सम्बन्ध बनाउनका लागि पूर्णरुपमा सुरक्षित हुन्छ ।

गर्भवती भएको समयमा शारीरिक सम्बन्ध कायम गर्ने महिलाले विभिन्न कुरामा ध्यान दिनु आवश्यक हुन्छ । महिलालाई पेटमा दबाब पर्ने गरी शारीरिक सम्बन्ध कायम गर्नु हुँदैन । सुत्केरी भएपछि कम्तीमा ६ हप्तासम्म पनि यौन सम्बन्ध बनाउन उपयुक्त हुँदैन ।

गर्भवती भएका समयमा शारीरिक सम्बन्ध बनाउँदा ध्यान दिनुपर्ने कुराहरु योनीबाट पानी बग्ने समस्या आइरहेको छ भने शारीरिक सम्बन्ध कायम गर्नु हुँदैन ।

शारीरिक सम्बन्धपछि पनि योनीबाट कुनै पनि प्रकारको रक्तश्राव भएमा पनि यौन सम्बन्ध गर्नुहुँदैन ।

परीक्षणका क्रममा महिलाको गर्भ जटिल प्रकारले भएको छ भने त्यस्ता महिलाले शारीरिक सम्बन्ध कायम गर्नु हुँदैन ।

चिकित्सकले शारीरिक सम्बन्ध कायम गर्न नहुने सल्लाह दिएको अवस्थामा पनि यौन सम्बन्धमा रोक लगाइएको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV