महालक्ष्मी बैंकले ऋण प्रक्रियालाई डिजिटाइज र स्वचालित गर्ने


SHARES

काठमाडौं । महालक्ष्मी विकास बैंकले लोन म्यानेजमेन्ट सिस्टम सफ्टवेयरमार्फत आन्तरिक ऋण प्रक्रियालाई डिजिटाइज र स्वचालित गर्न एसबी सोलुसन्स प्रालिसँग सम्झौता गरेको छ ।

विकास बैंकका जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख रघुनाथ कोइराला र एसबी सोलुसन्सका प्रमुख बिपुल ढकालले सो सम्झौतामा हस्ताक्षर गरेका छन् । लोन म्यानेजमेन्ट सिस्टम मार्फत् बैंकले इन्टर्नल लोन र लोन फाइलको अप्रुभल प्रोसेसलाई अटोमेट र डिजिटाइज गर्न सक्नेछ । यसबाट बैंकलाई ग्राहकको लोन फाइलसम्बन्धी कामको अप्रुभल र विश्लेषण गर्न प्रत्यक्ष फाइदा पुग्नेछ ।

बैंकले चाँडै नै अनलाइन लोन इलिजिबिलिटी सर्भिस समेत सुरुवात गर्ने जानकारी दिएको छ । यसबाट ग्राहकले अनालइनबाटै ऋणका लागि आवेदन दिन सक्नेछन् । नेपाल राष्ट्रबैंकबाट ‘ख’ वर्गको वित्तीय संस्थाको इजाजत पाएको महालक्ष्मी विकास बैंकले आफूलाई बलियो र विश्वसनीय विकास बैंकको रुपमा स्थापित गरेको छ । यो बैंकका एक लाखभन्दा बढी ग्राहक र एक सयभन्दा बढी देशभर शाखाहरु रहेको जारी विज्ञप्तीमा उल्लेख छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV