यसरी मनाए हरिवंशले जन्मदिन, कति बर्ष पुगे ?


SHARES

काठमाडौं । चर्चित हास्य कलाकार हरिवंश आचार्यले आफ्नो जन्मदिन मनाएका छन् ।

बुधबार उनले आफन्त र नजिकका साथीसँग केट काटेर ६३ औं जन्मदिन मनाएका हुन् ।

आचार्यको जन्मदिनमा उनका सयौं फ्यानहरुले सामाजिक सञ्जालमार्फत शुभकामना समेत दिएका छन् ।

आचार्यको जन्मदिनको अवसरमा आज रेडियो अडियोले नयाँ बानेश्वरमा विशेष कार्यक्रम आयोजना गरेको थियो ।

उनले केही व्यक्ति मिलेर बनेको महसंचार पछिल्लो समय धेरैको परिवार भएकोमा खुसी व्यक्त गरे ।

अर्का कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो र हरिवंशको मित्रता इतिहास भएको बताए । उनले हरिवंशसँग आफ्नो मित्रता कसैले पनि छुटाउन नसक्ने बताए ।

कार्यक्रममा कलाकार केदार घिमिरे, दीपाश्री निरौला, किरण केसी, दिपकराज गिरी, कुञ्जना घिमिरे, सन्दिप क्षेत्री, हरिवंशकी पत्नी रमिला लगायतको उपस्थिति थियो ।

आचार्य वि.सं २०१४ साल कात्तिक २७ गते जन्मिएका थिए ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV