बेलायती राजकुमार चाल्र्सको जन्मोत्सव मुम्बइका विद्यार्थीसँग « Nagarik Khabar

बेलायती राजकुमार चाल्र्सको जन्मोत्सव मुम्बइका विद्यार्थीसँग



एजेन्सी । बेलायतका राजकुमार चाल्र्सले आफ्नो ७१औँ बार्षिकोत्वस भारतको मुम्बइमा मनाएका छन् ।

भारतको तीन दिने भ्रमणमा रहेका राजकुमार चाल्र्सले बिहीबार मुम्बईस्थित ताजमहल होटलमा विद्यार्थीहरुसँग जन्मोत्सव मनाएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जन्मोत्सव समारोहमा उनले सामान्य केक काटेका थिए भने २० भन्दा बढी विद्यार्थीले उनलाई घेरेका थिए ।

जन्मोत्सव समारोहमा सहभागी विद्यार्थीहरुले ताली बजाउँदै राजकुमार चार्सलाई दीर्घ जीवनको शुभकामना व्यक्त गरेका थिए ।

भारतको दशौँ औपचारिक भ्रमणका क्रममा उनले राष्ट्रपति रामनाथ कोविन्दलाई भेट्नुका साथै गुरुद्धारा बङ्गला साहिब र भारतीय मौसम विज्ञान विभागको भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: