बेल्जियममा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न « Nagarik Khabar

बेल्जियममा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न



बेल्जियम । तमू समाज बेल्जियमले आफ्नो स्थापना काल पश्चात निरन्तरता दिदै आइरहेका प्रथम विश्व युद्धमा सहादत प्राप्त बीर गोरखा योद्धा र ज्ञात अज्ञात बीर योद्धाहरु प्रति श्रद्धाञ्जली क्रार्यक्रम ११ नोभेम्बेर सन् २०१९ का दिन बेल्जियमको ईप्पर शहरमा सम्पन्न गरेको छ ।

गोर्खा सैनिकको सालिकमा प्रथम बिश्व युद्धमा सहादत प्राप्त वीर गोर्खा योद्धा तथा ज्ञात अज्ञात योद्धालाई सम्झना गर्दै सामुहिक रुपमा श्रद्धान्जली अर्पण गरिएको थियो ।

कार्यक्रममा आदिवासी जनजाति महासंघ बेल्जियम तथा तमू समाज बेल्जियमको तर्फबाट होम तमूले तत्कालीन समयमा नेपालको गाउँ गाउँको गोठ बाट युवाहरूलाई ललाई फकाई विभिन्न प्रलोभनमा गोर्खा सैनिकमा भर्ती गराइने स्मरण गर्दै वीर गोर्खा सैनिकको जिवनीबारे प्रकाश पारेका थिए ।

गैर आवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष चित्र सुबेदीले तथ्यांकको अभावमा थुप्रै वीर गोर्खा सैनिक अज्ञात रहेको बताउँदै गैर आवासीय नेपाली संघ बेल्जियमले पनि अप्रवासी नेपाली हरुको तथ्यांक संकलन गर्नु पर्नेमा जोड दिए ।

कार्यक्रमका प्रमुख अतिथि बेनेलुक्सका लागि कार्यवाहक राजदूत उपनियोग प्रमुख सुधिर भट्टराईले वीर गोर्खाको नामले विश्वमा नै नेपाली परिचित रहेको भन्दै वीर गोर्खाको चर्चा गरेका थिए ।

ईपर बेल्जियममा चार लाख संयुक्त ब्रिटिश फौज र जर्मनी तर्फ चार लाख ५० हजार सैनिक मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: