महिला भलिबलमा नेपाललाई ऐतिहासिक उपाधि « Nagarik Khabar

महिला भलिबलमा नेपाललाई ऐतिहासिक उपाधि



काठमाडौं । नेपालले बंगलादेशमा सम्पन्न एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि हात पारेको छ ।

ढाकामा बिहिबार शहीद सुहरावर्दी इण्डोर स्टेडियममा भएको फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै जित सुनिश्चित गरेको थियो । नेपालले माल्दिभ्सलाई २५–१३, २५–१२ र २५–८ को सेटमा हराएको थियो ।

नेपालले महिला भलिबलको उपाधि अपराजित रहँदै जितेको हो । नेपालले यसअघि माल्दिभ्सलाई समूह चरणको खेलमा पनि पराजित गरेको थियो ।

नेपाली महिला भलिबल टोलीले जितेको यो पहिलो अन्तर्राष्ट्रिय उपाधि हो । जितसँगै नेपाली महिला भलिबल टोलीले ऐतिहासिक उपलब्धी हाँसिल गरेको छ ।

यसअघि नेपालले लिग चरणको खेलमा माल्दिभ्स, अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई पनि सोझो सेटमा हराउँदै फाइनलमा पुगेको थियो ।

बिहीबार तेस्रो स्थानका लागि भएको खेलमा किर्गीस्तानले बंगलादेशलाई हराउँदै तेस्रो स्थान हाँसिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: