शिवम् सिमेन्ट ‘एनएस क्वालिटी अवार्ड २०१९’ द्वारा सम्मानित « Nagarik Khabar

शिवम् सिमेन्ट ‘एनएस क्वालिटी अवार्ड २०१९’ द्वारा सम्मानित



काठमाडौं । सिमेन्ट उत्पादक उद्योग शिवम् सिमेन्ट लिमिटेड ‘एनएस क्वालिटी अवार्ड २०१९’ द्वारा सम्मानित भएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले सर्वोत्कृष्ट तथा गुणस्तरिय उत्पादनको आधारमा शिवमलाई यस वर्षको उक्त अवार्ड प्रदान गरेको हो ।

विभागले शिवम् सिमेन्टलाई ‘मार्कर्ड अडिनरी पोर्टल्याड सिमेन्ट(एनएस ४९)’ को गुणस्तरिय उत्पादनको लागि उक्त अवार्ड प्रदान गरेको हो । यससँगै एनएस चिन्ह पाप्त मध्ये उत्कृष्ट १० उद्योगमा शिवम् सिमेन्ट प्रथम स्थानमा रहेको विभागद्धारा जारी विज्ञप्तीमा उल्लेख छ । त्यसैगरी, एनएस चिन्ह प्राप्त मारुति र जगदम्बा सिमेन्टले क्रमशः दोश्रो र तेश्रो स्थान हासिल गरेका छन् । यी दुईले गुणस्तर तथा नापतौल विभाग मार्फत प्रसंशा प्रत्र पाएका छन् ।

विभागले मारुति सिमेन्टस्लाई मार्कर्ड अर्डिनरी पोर्टल्याड सिमेन्ट(एनएस ४९)को गुणस्तरिय उत्पादनको लागि प्रसंशा प्रत्र प्रदान गरेको हो । त्यसैगरी जगदम्बा सिमेन्ट मिल्स प्रा.लिलाई मार्कर्ड पोर्टल्याड स्याल्ग सिमेन्ट(एनएस ३८४) को गुणस्तरिय उत्पादनको लागि प्रसंशा पत्र दिर्ईएको विभागले जनाएको छ ।

विभागले बिहिबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवको प्रमुख आतिथ्यमा एनएस क्वालिटि अवार्ड २०१९ आयोजना गरेको हो ।विभागले नेपालमा गुणस्तरिय उत्पादनलाई प्रोत्साहन दिने उद्यश्यले एनएस चिन्ह प्राप्त उद्योगहरु मध्येबाट सर्वकृष्ट उत्पादनलाई एनएस क्वालिटी अवार्ड दिँदै आएको छ । त्यस्तै, अन्य दुईलाई प्रसंशा प्रत्र वितरण गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: