कुकुरको नाक नजिकै उम्रियो पुच्छर: एक्सरे हेरेर चिकित्सक पनि हैरान् (फोटोसहित) « Nagarik Khabar

कुकुरको नाक नजिकै उम्रियो पुच्छर: एक्सरे हेरेर चिकित्सक पनि हैरान् (फोटोसहित)



एजेन्सी । अमेरिकाको मिसौरीमो एक कुकुरको नाक नजिकै पुच्छर उम्रिएको छ । सडकमा भेट्टिएको कुकुरको छाउरोलाई उद्दार टोलीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

डेलीमेलको अनलाइन संस्करणअनुसार मिसौरीको उद्दार टोलीले यो कुकुरलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । उद्दार टोलीले कुकुरको नाम नरवल राखेको छ ।

कुकुरको छाउरोको उमेर १० महिना रहेको छ । उद्दार टोलीका प्रमुख रोशेल स्टेफेनले आफूले कुकुरको पुच्छर अगाडि पट्टी आएको कहिल्यै नदेखेको बताएका छन् ।

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा समाचार आएपछि यो कुकुर हेर्नका लागि सयौँ व्यक्ति पुगिसकेका छन् । यो कुकुरसँग सेल्फी लिनेको भिडले आफू हैरान भएको उद्दार केन्द्रले जनाएको छ ।

रोशेलले पशु अस्पतालमा लगेर कुकुरको एक्स रे गराएका छन् । एक्सरे देखेर चिकित्सक पनि हैरान भएका छन् । यसमा कुनै पनि प्रकारको हड्डी नभएको चिकित्सकले बताएका छन् । किन पच्छर पलायो भन्ने विषयमा अहिले अनुस्न्धान भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: