कर्मचारीको सेवा अवधि ६० वर्ष कायम हुने « Nagarik Khabar

कर्मचारीको सेवा अवधि ६० वर्ष कायम हुने



काठमाडौं । निजामती कर्मचारीहरुको सेवा अवधि ६० वर्ष कायम हुने भएको छ ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार सिंदरबारमा बसेको बैठकले निजामती सेवाको कर्मचारीको सेवा अवधिको उमेर हद पनि ६० वर्ष पुर्याउने निर्णय गरेको हो ।

निजामती सेवाको कर्मचारीहरुको पनि अवकाश अवधि स्वास्थ्य सेवाका कर्मचारी सरहनै ६० वर्ष पुर्याउने निर्णय गरिएको समितिका उपसचिव संजय दाहालले जानकारी दिए ।

तर, त्यो हरेक वर्ष ६÷६ महिनामा थप गरेर ६० वर्ष पुर्याईनेछ । पदपूर्तिलगायतमा असर नहुने गरी यसको उमेर हद ६÷६ महिना थप गरेर ६० वर्ष पुर्याउने निर्णय गर्नु परेको उपसचिव दाहालले बताए ।

समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदन’माथि बिहीबार पनि छलफल गरिएको थियो ।

बैठकले कार्य क्षमता र दुर्गम क्षेत्रमा काम गर्ने कर्मचारीलाई बढुवाका लागि बढी नम्बर दिने सहमति गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: