सिटिजन्स लाइफ इन्स्योरेन्सको नाफा १२८ प्रतिशतले बढ्यो « Nagarik Khabar

सिटिजन्स लाइफ इन्स्योरेन्सको नाफा १२८ प्रतिशतले बढ्यो



काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तीन महिनामा ५ करोड १ लाख ३० हजार रुपैयाँ आर्जन गरेको छ । गत आवको सोहि अवधिको तुलनामा १२८.१५ ले बढि रहेको कम्पनीले जनाएको छ ।

गत आवको तीन महिनामा इन्स्योरेन्सले २ करोड १९ लाख ७२ हजार रुपैयाँ नाफा गरेको थियो । १ अर्ब ७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा ३७ करोड ५० लाख १७ हजार रुपैयाँ रहेको छ । यता महा विपत्ती जगेडामा ४ करोड १ लाख ३२ हजार रुपैयाँ रहेको छ ।

इन्स्योरेन्सको ३३ करोड ३५ लाख २१ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको जनाएको छ । चालु आवको पहिलो त्रैमाससम्ममा इन्स्योरेन्सको खुद दाबी भुक्तानी १ करोड ५ लाख ५६ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: