प्रधानमन्त्रीले दिए कुवेती अमिर समक्ष राजिनामा « Nagarik Khabar

प्रधानमन्त्रीले दिए कुवेती अमिर समक्ष राजिनामा



कुवेत सिटी । कुवेतका प्रधानमन्त्री शेख जाबर अल–मुबारक अल–हमाद अल–सबाहले कुवेती अमिर समक्ष राजिनामा गरेका छन् ।

कुवेती समाचार संस्थाका अनुसार सरकारका कार्यहरुलाई थप प्रभावकारी बनाउन प्रधानमन्त्रीले राजिनामा दिनुभएको उल्लेख गरेको छ ।

सरकारका प्रवक्ता तारेक अल–मिजरमले जारी गरेको वक्तव्यमा प्रधानमन्त्रीको राजिनामाको कारण भने केही खुलाएका छैनन् ।

सत्तारुढ सांसदहरुले संसदमा प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर विरोध गरिरहेकै अवस्थामा प्रधानमन्त्रीले राजिनामा दिएका हुन् ।

खाडी राष्ट्र कुवेतमा मन्त्रिपरिषद पुनर्गठन बेलाबखत भइरहने गरेको छ, र पछिल्लो मन्त्रिपरिषद गठन भएको दुई वर्ष पनि पुगेको छैन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: