काउसो दली झोला लुट्न खोज्ने भारतीय नागरिक पक्राउ « Nagarik Khabar

काउसो दली झोला लुट्न खोज्ने भारतीय नागरिक पक्राउ



झापा । झापामा काउसो दल्दै लुटपाट गर्न खोजेको अभियोगमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।

झापाको बिर्तामोडस्थित मनमोहन अस्पताल अगाडि बलबहादुर तामांगलाई काउसो दली लुट्न खोजेको अभियोगमा ती भारतीय नागरिक पक्राउ परेका हुन् ।

तामांगले साथमा राखेको झोलामा ५० हजार रुपैयाँ राखेका थिए । छोरीको उपचारका लागि भनेर राखेको रकम लुट्न खोजेपछि रहस्य बाहिर आएको हो ।

काउसो दलेर लुट्न खोज्ने भारतको बंगाल घर बताउने अन्दाजी ३० वर्षको अनिल ग्वाला र उनका छोरा अन्दाजी १२ वर्षीय तुषार ग्वाला पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका एसपी दिनेश मैनालीले जानकारी दिए ।

घटनास्थलबाट पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: