महिला भलिबल टिमलाई उपराष्ट्रपति पुनको बधाई « Nagarik Khabar

महिला भलिबल टिमलाई उपराष्ट्रपति पुनको बधाई



काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको उपाधी जितेर नेपाली राष्ट्रिय महिला भलिबल टिमले नेपालको भलिबल खेलमा ईतिहास बनाएकोमा खुशी व्यक्त गरेका छन् ।

उपराष्ट्रपति पुनले भलिबलमा देशले पहिलो उपाधि जितेको अवसरमा राष्ट्रिय महिला भलिबल टिम, प्रशिक्षक, नेपाली खेलाडीहरु र सम्पूर्ण नेपालीहरुलाई बधाई दिएका छन् ।

उपराष्ट्रपति पुनले बंगलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोनमा ईतिहास रचेर सारा नेपालीलाई खुशी दिएकोमा राष्ट्रिय भलिबल संघ, राष्ट्रिय महिला भलिबल टिमका मुख्य प्रशिक्षक जगदीश भट्ट, कप्तान अरुणा शाही र सदस्यहरुप्रति विशेष धन्यवादसहित सम्मान व्यक्त गरेका छन् ।

प्रतियोगिताको उत्कृष्ट स्पाइकर चुनिएका प्रतिभा माली र व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गर्ने सबै खेलाडीहरुलाई पुनले बधाईसहित धन्यवाद दिएका छन्।

यसैबीच, उपराष्ट्रपति पुनले निकट भविष्यमा घरेलु मैदानमा आयोजना हुने दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगितामा नेपालले भलिबल लगायत सबै विधामा उत्कृष्ट प्रदर्शनसहित उपाधि जित्ने विश्वास व्यक्त गरहेका छन् ।

उपराष्ट्रपति पुनले खेलकुदको विकासका लागि सुविधा सम्पन्न खेलमैदान निर्माण गर्नुका साथै लगानी वृद्धि गर्न सबै पक्षको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: