नेपाल-भारत सीमा विवादमा बोल्यो चीन (विज्ञप्तिसहित) « Nagarik Khabar

नेपाल-भारत सीमा विवादमा बोल्यो चीन (विज्ञप्तिसहित)



काठमाडौं । भारतले हालै सार्वजनिक गरेको आफ्नो देशको राजनीतिक नक्सामा नेपाली भूमि मिचेपछि चीनले पहिलोपटक आफ्नो प्रतिक्रिया दिएको छ ।

बिहीबार साँझ काठमाडौंस्थित चिनियाँ राजदूतावासले एक विज्ञप्ति जारी गरी कालापानी क्षेत्रको विवादलाई नेपाल र भारतले वार्ता गरी टुंग्याउनुपर्ने बताएको छ ।

विज्ञप्तिमा चीनले नेपालको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको सम्मान गरेको बताउँदै कालापानी क्षेत्रको विवाद मैत्रीपूर्ण परामर्श र वार्ताका माध्यामबाट समाधान गर्नुपर्ने बताएको छ ।

केही मिडियाहरुले चीनप्रति लगाएको आरोपप्रति चीनले दुःख समेत व्यक्त गरेको छ । केही गैरजिम्मेवार व्यक्ति र मिडियाले चीनले नेपालको सीमा मिच्यो भनेर लगाएको आरोप आधारहीन छन् । विज्ञप्तिमा भनिएको छ, उनीहरूको उद्देश्य जनमानसमा भ्रम छरेर जनताको ध्यान मोड्ने देखिन्छ।’

चिनियाँ दूतावासका प्रवक्ताबाट जारी
विज्ञप्तिमा वर्षौयता नेपाल र चीनबीच राम्रो सहकार्य हुँदै आएको र चीनले बाहिरी हस्तक्षेपको अवज्ञा गर्दै सीमासम्बन्धी मामिलामा सहकार्य थप सुदृढ गर्न चाहेको उल्लेख छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै नेपालको राजकीय भ्रमण गरेको स्मरण गराउँदै भ्रमणका क्रममा दुवै पक्षले सीमा व्यवस्थापन प्रणालीसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको समेत विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: