‘पर्यटन र कृषि युवा समृद्धिको मुख्य आधार’ « Nagarik Khabar

‘पर्यटन र कृषि युवा समृद्धिको मुख्य आधार’



थम्मन थापा

बागलुङ । ताराखोला बहुउद्येश्यी रेन्बो ट्राउड होम स्टेको उद्घाटन भएको छ ।

होम स्टेको उद्घाटन कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेश सरकारले पर्यटन र कृषि मार्फत युवाहरुलाई आत्म निर्भर बनाउदै समृद्ध गण्डकी प्रदेश निर्माण अभियानमा अगाडि बढिरहेको बताएका छन् ।

गण्डकी प्रदेश प्राकृतिक अस्पताल भएकोले यस भित्रका सम्भावना र अवसरहरुको खोजी गरी गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रम अगाडि बढाईरहेको मन्त्री लम्सालको भनाई छ ।

त्यसको लागि युवाहरुले आवश्यक कागजात र प्रकृया पुरा गरि सरकारले उपलब्ध गराउने अनुदानको अधिकतम उपयोग गरी आर्थिक समृद्विमा जोडिनु पर्ने उनले बताए ।

त्यस्तै ताराखोला गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले सामुदायिक होम स्टेले ताराखोलाको पर्यटन क्षेत्रमा एउटा सम्भावनाको ढोका खोलेको बताए ।

गाउँपालिकामा होम स्टे निर्माण गर्न गण्डकी प्रदेश सरकारले नगद रु १० लाख अनुदान दिएको थियो । ताराखोलामा अहिले ५ वटा होम स्टे सञ्चालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: