त्रिशुलीमा बगेर बेपत्ता « Nagarik Khabar

त्रिशुलीमा बगेर बेपत्ता



चितवन । इच्छाकामना गाउँपालिका–४ धारापानीस्थित त्रिशूली नदीमा बगेर एक जना बेपत्ता भएका छन् ।

आज दिउँसो नुहाउने क्रममा नदीले बगाएर एक जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा विरगञ्ज महानगरपालिका–३२ का अन्दाजी २१ वर्षीय विजय लामा रहेका छन् ।

धारापानी क्षेत्रमा ज्यालामजदूरी गरी बस्दै आएका लामा नुहाउने क्रममा दिउँसो तीन बजे बेपत्ता भएका हुन् ।

उनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: