दसगजाको पिलर नै नाघेर नेपालतर्फ भारतीय पसल « Nagarik Khabar

दसगजाको पिलर नै नाघेर नेपालतर्फ भारतीय पसल



सर्लाही । भारतीय सीमास्थित अधिकांश दसगजा क्षेत्र अतिक्रमणको सिकार बनिरहेको छ ।

सर्लाहीमा भारतसँगै जोडिएको ४६ किलोमिटर सीमा क्षेत्र पर्छ ।

दसगजालाई नो म्यान ल्यान्ड पनि भनिन्छ र यहाँ मानव बसोबास गर्न नमिल्ने अन्तर्राष्ट्रिय मान्यता छ ।

तर नेपाल भारत सीमाको दसगजा क्षेत्रमा भने कतिपय नाकाहरुमा बजार नै स्थापना भइसकेको छ ।

कतिपय स्थानमा खेतीपाती भइरहेको छ । विष्णु गाउँपालिका अन्तर्गत सिमरा फेनरा नाकामा त भारतीय नागरिकले दसगजाको बीचमा हुने पिलर नै नाघेर नेपालतर्फ पसल बनाएका छन् ।

नेपालतर्फ पनि दसगजा क्षेत्रभित्रै पसल थापिएको छ । आजको नागरिक दैनिकले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: