मिर्गौला प्रत्यारोपण गर्ने मनस्थितिमा प्रधानमन्त्री, प्रचण्ड र पोखरेललाई थप भूमिका « Nagarik Khabar

मिर्गौला प्रत्यारोपण गर्ने मनस्थितिमा प्रधानमन्त्री, प्रचण्ड र पोखरेललाई थप भूमिका



काठमाडौं । आज प्रकाशित कान्तिपुर दैनिकले बालुवाटारमा म्याराथन बैठक शिर्षकमा समाचार छापेको छ ।

केही दिनयता प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सक्रियता ह्वात्तै बढाएको प्रशंग समाचारमा उल्लेख छ ।

गत शनिबार कालापानीबारे सर्वदलीय बैठकमा प्रधानमन्त्री ओली करिब चार घण्टा व्यस्त भए ।

त्यसपछि आइतबार नेकपा सचिवालय बैठकमा करिब दुई घण्टा बिताए ।

मंगलबार नेता माधवकुमार नेपालसँग पनि चार घण्टा छलफल गरे ।

बुधबार कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग करिब दुई घण्टा छलफल गरे ।

बिहीबार पनि प्रचण्डसँग चार घण्टा र माधव नेपालसँग डेढ घण्टा लामो छलफल गरे ।

बिहीबार साँझ प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले भेटेका थिए । त्यसलगत्तै प्रदीप ज्ञवाली र त्यसपछि सरकारका प्रवक्ता गोकुल बास्कोटा प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगेका थिए ।

प्रधानमन्त्री ओलीको यो छलफल सरकार र पार्टीको काम तथा आफ्नो स्वास्थ्यको विषयमा केन्द्रीत रेहको समाचारमा उल्लेख छ ।

‘प्रधानमन्त्री ओलीले सरकारका काममा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेल र पार्टीका काममा अर्का अध्यक्ष प्रचण्डलाई थप केही भूमिका दिने तयारीमा छन् ।’

‘एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओली मिर्गौला फेरि प्रत्यारोपण गर्ने मनस्थितिमा छन् । यस विषयमा छलफल चलिरहेको छ । प्रत्यारोपणका लागि विदेश जानुअघि नै प्रधानमन्त्री ओलीले पार्टी र सरकारलाई चुस्त बनाउन चाहेको ती मन्त्रीले बताए ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: