तीन दिनको मौसम : कतै बर्षा, कतै हिमपात « Nagarik Khabar

तीन दिनको मौसम : कतै बर्षा, कतै हिमपात



काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार पाकिस्तान तथा आसपासका क्षेत्रमा पश्चिमी निम्न चापीय प्रणाली रहेको छ । साथै भारतको राजस्थानमा अर्को निम्न चापिय प्रणाली विकसित भएको छ । यीनै मौसमी प्रणालीको सामान्य असर नेपालको पश्चिमी भूभागमा परेको छ ।

अहिले (शुक्रबार बिहान) देशका पश्चिमी भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ

आज दिउँसो देशको पश्चिमी भूभागमा आंशिक देखि सामान्य वदली र मध्यपहाडी भूभागमा आंशिक वदली रहने छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । पश्चिमी पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज राती देशको पश्चिमी पहाडि भूभागमा आंशिक देखि सामान्य वदली रहने तथा मध्य पहाडी भूभागमा आंशिक बदली रहने र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ । पश्चिमी उच्च हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शनिबारको मौसम

शनिबार देशको पश्चिमी भूभागमा आंशिक देखी सामान्य बदली तथा मध्य र पूर्वी पहाडी भूभागमा आंशिक वदली रहने छ । पहाडि भूभागका एक दुइ स्थानमा हल्का बर्षा हुने सम्भावना छ । पश्चिमी उच्च हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आइतबारको मौसम

आइतबार देशका पूर्वी पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । पूर्वि पहाडी भूभागका एक दुइ स्थानमा हल्का बर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: