युरोछनोट अन्तर्गत पोर्चुगल ६–०ले विजयी, रोनाल्डोको ह्याट्रिक « Nagarik Khabar

युरोछनोट अन्तर्गत पोर्चुगल ६–०ले विजयी, रोनाल्डोको ह्याट्रिक



एजेन्सी । युरो छनोट प्रतियोगितामा पोर्चुगलले लिथुनियालाई ६–० गोल अन्तरले पराजित गरेको छ । खेलमा क्रिस्चियानो रोनाल्डोले ह्याट्रिक गरे ।

घरेलु मैदानमा बिहीबार राति भएको खेलमा जित निकाल्दै पोर्चुगल युरोछनोटको नजिक पुगेको छ ।

-खेलको सातौं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत पोर्चुगललाई सुरुवाती अग्रता दिलाए।

-२२ औं मिनेटमा रोनाल्डोले ब्यक्तिगत दोस्रो गोल गरे ।

-५२ औं मिनेटमा एफोन्सो फर्नान्डेसले गोल गरे ।

-५५ औं मेन्डेस पेसेन्सियाले पोर्चुगलकालागि चौथो गोल गरे ।

-६३ औं मिनेटमा बर्नार्डो सिल्भाले पोर्चुगलको गोलसंख्या पाँच पुर्याए ।

-६५ औं मिनेटमा रोनाल्डोले आफ्नो ह्याट्रिक पुरा गरे । र समग्रमा पोर्चुगल ६–० गोल अन्तरले विजयी भयो ।

साविक विजेता पोर्चुगलले आईतबार लक्जमवर्गलाई पराजित गरेमा युरोकपमा छनोट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: