आज मन्त्रिमण्डल हेरफेर गर्ने मुडमा प्रधानमन्त्री « Nagarik Khabar

आज मन्त्रिमण्डल हेरफेर गर्ने मुडमा प्रधानमन्त्री



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक अकिले केहीबेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।

बैठकमा दुई अध्यक्षहरुको कार्यविभाजको बारेमा छलफल हुने बालुवाटार स्रोतले जनाएको छ ।

सचिवालय बैठकले प्रचण्डले कार्यकारी अध्यक्षका हैसियतमा पार्टीको नेतृत्व गर्ने र ओली भने प्रधानमन्त्री पदमा निरन्तर रहने निर्णय गर्ने सम्भावना छ ।

यसैबीच आजको बैठकले मन्त्रिमण्डल फेरबदल गर्ने प्रवल सम्भावना रेहको छ । बालुवाटार स्रोतका अनुसार मन्त्रिमण्डल हेरफेरका क्रममा करिव ८ जना मन्त्रीलाई विदा गरिनेछ ।

मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि अहिलेसम्मको कार्यसम्पादनको मूल्यांकनको आधारमा कमजोर रहेका मन्त्रीलाई बिदाइ गर्ने र नयाँ मन्त्री नियुक्त गर्ने मुडमा प्रधानमन्त्री ओली छन् ।

यसअघि प्रधानमन्त्री ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग मन्त्रिमण्डल हेरफेरको विषयमा छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: