पहिलो एनिभर्सरीमा मख्ख दीपिका (फोटो फिचर) « Nagarik Khabar

पहिलो एनिभर्सरीमा मख्ख दीपिका (फोटो फिचर)



एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहले आफ्नो विवाहको पहिलो एनिभर्सरी मनाएका छन् ।

दीपिका र रणवीर अघिल्लो बर्ष इटलीमा विवाह बन्धनमा बाँधिएका थिए ।

एनिभर्सरीको अवसरमा दीपिका र रणवीर बिहीबार बिहान तिरूपति बालाजीको दर्शन गर्न पुगेका थिए ।

तिरूपति बालाजी मन्दिरमा उनीहरुले पूजा अर्चना गर्नुका साथै सुखी वैवाहिक जीवनको कामना गरेका छन् ।

दीपिकाले मन्दिर दर्शन गरेको तस्विर सामाजिक सञ्जालमा शेयर समेत गरेकी छिन् ।

रणवीर र दीपिकाको प्रेम कहानी उनीहरुको पहिलो फिल्म राम लीलाबाट शुरू भएको हो । फिल्म सेटमा दुबै जना एकअर्कासँग नजिक भए । फिल्मको शुटिङ सकिने समयसम्म दुईबीच प्रेमसम्बन्ध कायम भइसकेको थियो ।

रणवीर र दीपिका एकैसाथ देखिएको अन्तिम फिल्म साथ पद्मावत थियो । उक्त फिल्म २०१८ को जनवरीमा रिलिज भएको थियो ।

अब यो जोडी कबीर खानको फिल्म ८३ मा एकैसाथ देखिदैछ । यो फिल्म २०२० मा रिलिज हुनेछ ।

विवाहपछि दीपिकाको पहिलो रिलिज हुन लागेको फिल्म छपाक हो । यस फिल्ममा दीपिका एसिड आक्रमण पीडित महिलाको भूमिकामा छिन् । मेघना गुलन्जार निर्देशित फिल्मको निर्माण दीपिका आफैंले गरेकी हुन् ।

दीपिकाले ओम शान्ति ओम नामक चलचित्रबाट बलिउडमा डेब्यू गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: