इंग्ल्याण्ड युरोकपका लागि छनोट « Nagarik Khabar

इंग्ल्याण्ड युरोकपका लागि छनोट



एजेन्सी । इंग्ल्याण्ड युरोकप २०२० को लागि छनोट भएको छ ।

बिहिबार राति सम्पन्न खेलमा मोन्टेङ्ग्रोलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गर्दै इंग्ल्याण्ड युरोकपका लागि क्वालिफाइ भएको हो ।
मोन्टेङ्ग्रोमाथीको जितसँगै इंग्ल्याण्डले एक हजारौ खेलमा महत्वपूर्ण जित्न हात पारेको छ ।

समूह ए मा रहेको इंग्ल्याण्डले घरेलु मैदान वेम्वलीमा मोन्टेङ्ग्रोमाथि जित निकाल्ने क्रममा कप्तान ह्यारी केनले ह्याट्रिक गरेका छन् । पहिलो ह्याट्रिक पुरा गर्ने क्रममा उनले १८,२४,३७ मिनेटमा गोल गरे ।

यस्तै, ओक्सलेड चाम्बरलिन, मार्कुस रासफोर्ड र अब्राहमले एक एक गोल गरे । इंग्ल्याण्डले एक गोल आत्मघाती गोल उपहार पाएका थिए ।

समूह ए मा रहेको इंग्ल्याण्डले ७ खेलबाट १८ अंक जोडेको छ । त्यस्तै चेक रिपब्लिकको १५ अंकसहित दोस्रो स्थानमा रहँदै युरो कपमा छनोट भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: