बैंक अफ काठमाण्डूको ३८ अर्ब ३७ करोड नाफा « Nagarik Khabar

बैंक अफ काठमाण्डूको ३८ अर्ब ३७ करोड नाफा



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक अफ काठमाण्डूले ३८ अर्ब ३७ करोड नाफा आर्जन गरेको छ ।

बैंकले गएको आवको साउनदेखि असोजसम्मको पहिलो त्रैमासमा ३८ करोड ६८ लाख नाफा कमाएको बैंकले जनाएको छ । चालु आवको यो अवधिमा बैंकको वितरण योग्य आय भने १८ करोड ७६ लाख रुपैयाँ रहेको छ ।

चालु आवको यो अवधिमा बैंकले ८५ अर्ब ७७ करोड निक्षेप संकलन गरेर ७२ अर्ब ४८ करोड कर्जा प्रवाह गरेको बैंकले आधार दर भने १०.०२ प्रतिशत रहेको छ ।

आठ अर्ब ६ करोड सेयर पुँजी रहेको बैंकको ४ अर्ब ४४ करोड संचित पुँजी रहेको छ । बैंकको कष्ट अफ फण्ड ७.९२ प्रतिशत र सीडी रेसियो ७५.५९ प्रतिशत रहेको छ ।

बैंकको प्रति शेयर नेटवर्थ १७२.७५ रुपैयाँ रहेको छ । प्रति शेयर आम्दानी १९.०४ पैसा रहेको बैंकले खराव कर्जा १.७३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: