टेलिकमको टावरमा समस्या, एक सातादेखि सेवा अवरुद्ध


SHARES

बाजुरा । बडिमालिका–५ मनामा रहेको नेपाल टेलिफोन टावरमा आएको समस्याका कारण यस क्षेत्रमा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध बनेको छ ।

यसअघि नियमित सञ्चालनमा रहेको टावर एकाएक बन्द भएपछि फोन सम्पर्कविहीन हुनु परेको स्थानीय कर्णबहादुर दानीले बताए । सञ्चारविहीन भएपछि स्थानीयलाई समस्या भएको छ ।

उता स्थानीयले सेवा सञ्चालनका लागि नेपाल टेलिकम शाखा बाजुरासँग माग गरेको छ । सञ्चार सुविधा नहुँदा विभिन्न घटना दुर्घटना आपतविपतमा समस्या हुने गरेको भन्दै स्थानीयले बडिमालिका नगरपालिकाप्रति आक्रोस पोखेका छन् ।

यता बडिमालिका नगरपालिका–५ का वडाध्यक्ष बलबहादुर थापाले भने यसअघि रिपिटर टावरमा स्थानीय मनागाड लघुजलविद्युतबाट सिङ्गलफेजको बिजुली लाइन जडान भएका र लघु जलविद्युताको टर्बाइनमा केही समस्या आएकाले हटाउँदा समस्या भएको बताए । उनले तत्काल टेलिकमसँग थ्रिफेज लाइन जडान गर्न अनुरोध गरिसकेकाले समस्या समाधान गर्ने पहल भइरहेको जानकारी दिए ।

जनताले सहजरुपमा सञ्चार सेवा प्राप्त गर्न पाउने अधिकारलाई हनन गर्दै टेलिकम शाखा मुकदर्शक बनेको स्थानीयको आरोप रहेको छ ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV