विश्वकप छनोट : कुवेतविरुद्ध खेलका लागि नेपाली टोलीको घोषणा « Nagarik Khabar

विश्वकप छनोट : कुवेतविरुद्ध खेलका लागि नेपाली टोलीको घोषणा



काठमाडौं । फिफा विश्वकप २०२२ को दोस्रो चरणको छनोटअन्तर्गत कुवेतसँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले कुवेतसँग खेल्नका लागि शुक्रबार २३ सदस्यीय टोलीको घोषणा गरेको हो । नेपालले मंसिर ३ गते भुटानको थिम्पुस्थित चाङ्गलिमिथाङ रंगशालामा कुवेतसँग खेल्ने छ ।

नेपालले होम खेल दशरथ रंगशाला हुने तय भएको थियो । तर, पुनर्निर्माणको काम भइरहेकाले रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड नपुगेपछि फिफा र एसियन फुटबल फेडेरेसन (एएफसी) ले खेल न्युट्रल भेन्युमा गर्न एन्फालाई निर्देशन दिएको थियो ।

छनोट चरणको समूह बी मा रहेको नेपाल ४ खेलमा ३ अंकसहित चौंथो स्थानमा रहेको छ ।

नेपाली टोली

गोलकिपरः किरणकुमार लिम्बु, विकेश कुथु, विशाल श्रेष्ठ

डिफेन्डरः सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल

मिडफिल्डरः रोहित चन्द, सुनिल बल, रवि पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, मिक्छेन तामाङ

फरवार्डः भरत खवास, विमल घर्ती मगर, अविशेक रिजाल, नवयुग श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: