२६ किलो गाँजासहित एकजना पक्राउ « Nagarik Khabar

२६ किलो गाँजासहित एकजना पक्राउ



सिरहा । ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजासहित सिरहा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको गस्ती टोलीले शुक्रबार लक्ष्मीपुर पतारी गाउँपालिका–५ बाट २६ केजी गाँजासहित जिल्लाको धनगढीमाई नगरपालिका–१४ का ५० वर्षीय रामबहादुर तामाङलाई पक्राउ गरेको छ ।

पक्राउ परेका तामाङलाई इलाका प्रहरी कार्यालय महेशपुरपतारमा ल्याएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

यस्तै, कर्तव्य ज्यान मुद्दामा फरार धनगढीमाई नगरपालिका–१० का ६० वर्षीय रामेश्वर सिंहलाई पनि प्रहरीले पक्राउ गरेको छ । घर वतनमा लुकीछिपी बसिरहेको अवस्थामा सिंहलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: