व्यवसायी रुप ज्योति थुनामुक्त « Nagarik Khabar

व्यवसायी रुप ज्योति थुनामुक्त



काठमाडौं । ठगी आरोपमा थुनामा रहेका व्यवसायी रुप ज्योति थुनामुक्त भएका छन् ।

आठ दिनदेखि थुनामा रहेका ज्योतिविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि शुक्रबार थुना मुक्त भएका हुन् ।

पूर्वअर्थराज्यमन्त्रीसमेत रहेका ज्योतिविरुद्ध परेको उजुरीको आधारमा प्रहरीले अनुसन्धान सकेर सरकारी वकिललाई फाइल बुझाएपछि सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो । यसअघि जिल्ला अदालत काठमाडौँले यही विषयमा यो मुद्दा देवानी प्रकृतिको भएको हुँदा फौजदारी अभियोग आकर्षित नहुने निर्णय गरेको थियो ।

उनलाई मुद्दा नचाउने निर्णय गरेपछि दरबार मार्ग प्रहरी वृत्तमा थुनामा रहेका रुप ज्योति र उनकी छोरी सुरुचीलाई प्रहरीले थुनामुक्त गरेको रुपज्योतिका वकिल अरुण कुमार ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: