घाइतेलाई इँटाभट्टामा जलाएर मारेको आरोप लागेका आलम कारागार चलान « Nagarik Khabar

घाइतेलाई इँटाभट्टामा जलाएर मारेको आरोप लागेका आलम कारागार चलान



काठमाडौं । बम विस्फोटका घाइतेलाई इँटाभट्टामा ज्युँदै जलाएर मारेको आरोप लागेका सांसद मोहम्मद अफताब आलम पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालतमा पाँच दिनसम्म चलेको थुनछेक बहसपछि रौतहट जिल्ला अदालतले शुक्रबार आलमलाई कारागार चलाउने आदेश दिएको हो ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन मतदातालाई प्रभावित बनाउन बम बनाउँदै गर्दा विष्फोट भएको र विस्फोटका घाइतेलाई नजिकैको इट्टाभट्टामा हालेर मारेको आरोप आलममाथि छ ।

आलम नेपाली कांग्रेसतर्फ रौतहटबाट संघीय संसदका लागि निर्वाचित सांसद हुन् । गाउँबाट हराएका दुई युवाका आफन्तले आलमविरुद्ध किटानी जाहेरी दिएका थिए । बम विस्फोट र इट्टाभट्टामा जलाएर कतिलाई मारिएको थियो भन्‍ने तथ्याङ्ग यकिन छैन ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: