पहिलो इनिङ्समा भारतलाई अग्रता « Nagarik Khabar

पहिलो इनिङ्समा भारतलाई अग्रता



एजेन्सी । बंगलादेशविरुद्धको पहिलो टेष्टमा भारतले ३४३ रनको फराकिलो अग्रता लिएको छ ।

घरेलु मैदानमा पाहुना टोली बंगलादेशलाई पहिलो दिन १५० रनमा रोक्दै पहिलो इनिङ्स सुरु गरेको भारतले दोस्रो दिनको समाप्तिसम्म ६ विकेट गुमाउँदै ४९३ बनाएको छ । भारतका रविन्द्र जडेजा ६० र उमेश यादव २५ रन बनाएर क्रिजमा रहेका छन् ।

भारतका लागि ओपनर मयाङ्क अग्रवाले दोहोरो शतक प्रहार गरे । करियरको दोस्रो दोहोरो शतक प्रहार गर्ने क्रममा अग्रवालले ३३० बलको समना गर्दै ८ छक्का र २८ चौंकाको मद्दतले २४३ रन बनाए । यसैगरी, आजिङ्क्य राहनेले ८६ रन, तथा चेतेश्वर पुजाराले ५२ रनको अर्धशतकीय पारी खेल्दै आउट भए ।

होल्कर क्रिकेट स्टेडियम, इण्डोरमा टस जितेर पहिले व्याटिङमा आएको बंगलादेशले ५८.३ ओभरमा मात्र १५० रन जोडेको थियो । बंगलादेहका मुस्फिकुर रहिमले ४३ रन, मोमिनुल हकले ३७ तथा लिल्टोन दासले २१ रन बनाए ।

भारतका मोहम्मद शामीले ३, इशान्त शर्मा, उमेश यादव र रविचन्द्रन आश्विनले समान २–२ विकेट लिए । यसअघि बंगलादेशबीचको टी–ट्वेन्टी सिरिज भारतले २–१ ले जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: