आइपिएल: सन्दीपलाई राम्रो मौका, दिल्लीका रिटेन खेलाडी यी हुन् « Nagarik Khabar

आइपिएल: सन्दीपलाई राम्रो मौका, दिल्लीका रिटेन खेलाडी यी हुन्



काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले आफ्ना रिटेन खेलाडी सार्वजनिक गरेको छ ।

विदेशी खेलाडीमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने, कगिसो रबाडा र किमो पौललाई रिटेन गरेको छ ।

जम्मा तीन विदेशी खेलाडी रिटेन गरेका कारण सन्दीप प्लेइङ ११मा पर्ने सम्भावना बढेको छ । तर अक्सनबाट दिल्लीले थप विदेशी खेलाडी भित्र्याउन सक्छ ।

तर रविचन्द्रन अश्वीनलाई टिममा भित्र्याएकाले सन्दीप बेन्चमै बस्नुपर्ने बाध्यता हुने पनि केही समर्थकले प्रतिक्रिया दिएका छन् । दिल्लीले अश्वीनलाई पनि टिममा भित्र्याएको छ । 

दिल्लीले यसअघि स्पिनर मंयक मार्कण्डे र राहुल टेवटीयालाई राजस्थान रोयल्सलाई बेचेको थियो । दुई स्पिनरको सट्टामा दिल्लीले व्याट्सम्यान अजिन्क्या रहाणेलाई भित्राएको छ ।

दिल्लीले यसअघि ट्रेण्ड बोल्टलाई मुम्बइ इन्डियन्समा पठाएर मयंकलाई टिममा भित्र्याएको थियो ।

महत्वपूर्ण दुई स्पिनर दिल्लीले राजस्थानलाई बेचेपछि नेपाली लेग स्पिनर सन्दीप लामिछानेको भने पहिलो रोजाइ (प्लेइङ-११)मा पर्ने सम्भावना बढेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: