महिला भलिबल टिम स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत « Nagarik Khabar

महिला भलिबल टिम स्वदेश फिर्ता, विमानस्थलमा भव्य स्वागत



काठमाडौं । प्रथम एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपको उपाधि विजेता महिला भलिबल टिम स्वदेश फर्किएका छ । टिमलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

बंगलादेशको ढाकामा बिहीबार सम्पन्न फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजेता बनेको नेपाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) तथा नेपाल भलिबल संघले स्वागत गरेको हो ।

नेपाली महिला भलिबल टिमका प्रशिक्षक जगदिश भट्टले इतिहास रच्न सफल भएकोमा खुशी ब्यक्त गरे । ‘भलिबलमा महिला टिमले पहिलो पटक स्वर्ण पदक जितेको छ,’ उनले भने, ‘हामी स्वर्ण पदक नै जित्छौं भनेर गएका थियौं । सफल भयौं । सबै खेलाडीले राम्रो प्रदर्शन गरे ।’

पाली टिमलाई विमानस्थलमा स्वागत गर्न पुगेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवले सरकारले प्रत्येक खेलाडीलाई जनहि ३–३ लाख नगद दिने घोषणा गरे ।

सुहरावर्दी इण्डोर स्टेडियममा भएको फाइनलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै जित सुनिश्चित गरेको थियो । नेपालले माल्दिभ्सलाई २५–१३, २५–१२ र २५–८ को सेटमा हराएको थियो ।

नेपालले महिला भलिबलको उपाधि अपराजित रहँदै जितेको हो । नेपालले यसअघि माल्दिभ्सलाई समूह चरणको खेलमा पनि पराजित गरेको थियो ।

नेपाली महिला भलिबल टोलीले जितेको यो पहिलो अन्तर्राष्ट्रिय उपाधि हो । जितसँगै नेपाली महिला भलिबल टोलीले ऐतिहासिक उपलब्धी हाँसिल गरेको छ ।

यसअघि नेपालले लिग चरणको खेलमा माल्दिभ्स, अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई पनि सोझो सेटमा हराउँदै फाइनलमा पुगेको थियो ।

बिहीबार तेस्रो स्थानका लागि भएको खेलमा किर्गीस्तानले बंगलादेशलाई हराउँदै तेस्रो स्थान हाँसिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: