एक हजार महिला उद्यमीहरुको कार्याशाला हुँदै, व्यापार घाटा न्युनिकरण गर्न जोड « Nagarik Khabar

एक हजार महिला उद्यमीहरुको कार्याशाला हुँदै, व्यापार घाटा न्युनिकरण गर्न जोड



काठमाडौं । महिला उद्यमी महासंघ नेपालले एक हजार महिला उद्यमीहरुको राष्ट्रिय कार्याशाला गर्ने घोषणा गरेको छ ।

राजधानीमा पत्रकार सम्मेलन गर्दै महासंघका अध्यक्ष सारदा रिजालले मंसिर ३ र ४ गते राष्ट्रिय कार्याशाला गोष्ठी गर्ने घोषणा गरेकी हुन् ।

राजधानीमा हुने कार्यक्रममा सातै वटै प्रदेशबाट साना तथा मझौता महिला उद्यमीहरु सहभागी हुने अध्यक्ष रिजालको भनाइ थियो । पहिलो दिन दरबारमार्गस्थित होटल अन्नपूर्णमा उत्कृष्ट उद्यमी एक सय महिलाहरु बीचमा कार्याशाला गोष्ठी संचालन हुने अध्यक्ष रिजालको भनाइ थियो । अध्यक्ष रिजालले महिला उद्यमशीलता विकास कोष तथा सहुलियतपूर्ण कर्जाको विषयमा १० देखि १५ लाख रुपैयाँ पुर्याउन सरकारसँग माग समेत भइरहेको जानकारी दिइन ।

‘महिला उद्यमीः आर्थिक परिवर्तनका संवाहक’ भन्ने विषयमा छलफल हुने छ । यस कार्यक्रममा सूचना प्रविधि, व्यवसायी, कृषि, पर्यटन र हस्तकलाको क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका महिला उद्यमीहरुको उपस्थिति रहने महासंघका तृतीय उपाध्यक्ष शोभा ज्ञवालीले बताइन ।

 ‘व्यापार सन्तुलनको लागि महिला उद्यमशीलतामा लगानी’ विषयमा छलफल हुने छ । यसका लागि विभिन्न उद्यमी महिलाहरुको सफलताको कथाहरु समेत प्रस्तुत गर्दैछौं,’ उनले भनिन्,‘यसका लागि देशभरबाट महिला उद्यमी छनौट गरेका छौं ।’ महासंघका महासचिव दर्शना श्रेष्ठले एक हजार महिला उद्यमीहरुको भेलालाई व्यवस्थापन गर्न सहज नभएपनि विभिन्न दाताहरुसँग समन्वय गरेर आयोजनाग गरेको बताइन ।

उनका अनुसार कार्यक्रमको दोस्रो दिन महासंघले बृहत महिला उद्यमीहरुको भेला एव ¥याली आयोजना गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको आयोजना र महिला उद्यमी महासंघको सहआयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । 

कार्यक्रमको मुख्य उदेश्य 

यस कार्यक्रमले नेपाल भरिका ग्रामिण तथा शहरी महिला उद्यमीहरुलाई एउटै थलोमा उपस्थित गराई उनीहरुको उद्यमशीलताको पहिचान, प्रोत्साहन र हौसला बढाउने अपेक्षा गरेका छन् ।

नेपालमा प्रत्येक वर्ष बढी रहेको वार्षिक व्यापार घाटा न्युनिकरण गर्न महिला उद्यमीहरुले खेलेको भूमिका तथा योगदानको बारेमा छलफल हुने छ ।

महिला उद्यमीहरुलाई निर्यात गर्न सकिने वस्तुहरु उत्पादन गर्नको लागि उनीहरुको क्षमता विकास गराउने छ ।

विभिन्न सरकारी तथा गैर सरकारी निकायसँग नेपालका महिला उद्यमीहरुले उत्पादन गरेका वस्तुहरु निर्यात गर्न सहज र सुविधायुक्त वातावरण सिर्जना हुने छ ।

विभिन्न नियम, निर्देशिकाहरु तथा कार्यक्रमहरु र तिनको कार्यान्वयन पक्षमा भएको अन्तरलाई पहिचान गराउने लगाएको उदेश्य राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: