प्रधानमन्त्रीको तेस्रो डायलासिस आज « Nagarik Khabar

प्रधानमन्त्रीको तेस्रो डायलासिस आज



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रान्डी इन्टरनेसनल हस्पिटलमा तेस्रोपटक डायलासिस हुने भएको छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार शनिबार (आज) बिहान प्रधानमन्त्रीको तेस्रोपटक डायलासिस हुन लागको हो ।

यसअघि पनि दुईपटक डायलासिस गराइसकेका प्रधानमन्त्री ओलीको पुनः तेस्रोपटक डायलासिस हुन लागको स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको नियमित स्वास्थ्य परीक्षण र डायलासिस गर्नुपर्ने भएकाले शनिबार बिहान अस्पताल जान लागेका हुन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: