बर्सेनि ठगिन्छन् उखु किसान : अनुदान र भुक्तानी पाउनै सकस « Nagarik Khabar

बर्सेनि ठगिन्छन् उखु किसान : अनुदान र भुक्तानी पाउनै सकस



काठमाडौं । खेतमा नयाँ उखु तयार भइसक्यो । तर, किसानले पोहोरसालै बिक्री गरेको उखुको रकम पाउन सकेका छैनन् । बिक्री भएको अर्बौंको उखुको भुक्तानी न उद्योगी दिएका छन्, न सरकारले अनुदानै दिएको छ ।

चिनी नबिकेको बहाना बनाउँदै उद्योगपति किसानको भुक्तानी रोकेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा राजकरण महतोले जनकपुरधामबाट लेखेका छन् ।

उखु बुझाएको ४५ दिनभित्र भुक्तानी दिनुपर्ने उद्योगी–किसानबीच सम्झौता भए पनि त्यसलाई उद्योगपतिले लत्याएर किसानलाई दुःख दिइरहेको समाचारमा जनाइएको छ ।

समाचारमा अगाडि लेखिएको छ, उद्योगले किसानबाट खरिद गरेको उखुको १ अर्ब अझै बक्यौता छ । सरकारबाट पाउनुपर्ने उखु खेती प्रवद्र्धन बापत १ अर्ब २० करोड किसानले पाउन नसकेको उखु उत्पादक महासंघ नेपालका अध्यक्ष कपिलमुनी मैनालीले बताए ।

भुक्तानी गर्न आलटाल
‘रगत पसिना बगाएर उखु उब्जाएर उद्योगीलाई दिन्छौं । भुक्तानी गर्न आलटाल गर्छन् । वर्ष दिन हामीलाई झुलाइदिन्छन्’, मैनालीले भने, ‘सरकारले त झन् अनुदान रकम दिने मनसाय नै देखाउँदैन ।’ गत वर्ष देशभर ९ अर्ब ८६ करोडको उखु उत्पादन भएको थियो ।

२०७५÷०७६ मा उखुको मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा सरकारले मूल्य निर्धारण गरेको थियो। गत वर्ष प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा सरकारी अनुदान र र ४ सय ७१ रुपैयाँ २८ पैसा उद्योगीले दिने गरी मूल्य निर्धारण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: