यस्तो बन्यो राइड थ्रु सिन्धुलीगढीको टिसर्ट « Nagarik Khabar

यस्तो बन्यो राइड थ्रु सिन्धुलीगढीको टिसर्ट



काठमाडौं । राइड थ्रु सिन्धुलीगढी–२०१९ को टिसर्ट सार्वजनिक गरिएको छ । विश्व साइकलयात्री पुष्कर शाह तथा संयक्त राष्ट्रसंघका प्रतिनिधि इमेलिन क्लेय सुजनले संयुक्त रुपमा राइड थ्रु सिन्धुलीगढी–२०१९ को टिसर्ट सार्वजनिक गरेका हुन् ।

सो अवसरमा शुक्रबार साइकल यात्रामा सहभागी हुने साइकल यात्रीका लागि अभिमुखीकरण तथा निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । नेपाल मेडिसिटी अस्पतालले निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो ।

विश्व साइकलयात्री शाहले ‘राइड थ्रु सिन्धुलीगढी’ साइकलयात्राले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने उल्लेख गरे । ‘यो साइकलयात्रा पशुपतिलाई सिन्धुलीगढीहुँदै जनकपुर जोड्ने धागो हो,’ शाहले भने ।

उनले साइकल यात्राबाट अविस्मरणीय अनुभूति लिन सकिने बताए । ‘साइकलमा घुम्दा प्रकृतिसँग स्पर्श गर्न सकिन्छ,’ शाहले त्यसबखत भने, ‘साइकलको महत्व पछिल्लो समय युवा पुस्ताले विस्तारै बुझ्दै गएको छ ।’

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: