माल्टाविरुद्ध स्पेनको सात गोल, क-कसले गरे गोल ? « Nagarik Khabar

माल्टाविरुद्ध स्पेनको सात गोल, क-कसले गरे गोल ?



एजेन्सी । युरोकप छनोट अन्तर्गत स्पेनले माल्टालाई ७–० गोल अन्तरले पराजित गरेको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा स्पेनले माल्टमाथि ७–० गोल अन्तरको जित निकाल्दै समूहको शीर्ष स्थानमा उक्लिन सफल भएको छ ।

सान्टी काजोरलाले स्पेनका लागि चार बर्षमा पहिलो गोल गर्दा टिमले एकतर्फी जित निकालेको हो ।

-खेलको २३ औं मिनेटमा चेल्सीका पुर्व स्टार अल्भारो मोराटाको गोलबाट स्पेनले अग्रता लियो ।

-२४ औं मिनेटमा सान्टी काजोरलाले अर्को गोल थपे ।

-६३ औं मिनेटमा पाउ टोरेसले गोल गरे।

-६४ औं मिनेटमा पाब्लो साराबियाले स्पेनको लागि चौथो गोल गरे ।

-६९ औं मिनेटमा ड्यानी ओलमोले गोल गर्दै स्पेनको गोल संख्या पाँच पुर्याए ।

-७१ औं मिनेटमा जेरार्ड मोरेनोले स्पेनको तर्फबाट अर्को गोल थपिदिए ।

-८५ औं मिनेटमा जिसस नविसले गोल गरे र समग्रमा स्पेन ७–० गोल अन्तरले विजयी भयो ।

समूह एफको शीर्ष स्थानमा रहेको स्पेनले ९ खेलबाट २३ अंक जोडेको छ । माल्टा ३ अंक सहित समूहको पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: