नख्खु ल्याइए आलम « Nagarik Khabar

नख्खु ल्याइए आलम



काठमाडौं । प्रहरीले सांसद मोहम्मद आफ्ताब आलमलाई ललितपुरस्थित नख्खु कारागार ल्याएको छ । जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा राख्न पठाएकाे थियो ।

उनिमाथि करिब १२ वर्षअघि संविधानसभाको निर्वाचनलाई प्रभावित पर्ने गरी बम बनाउँदै गर्दा भएको विस्फोटका घाइतेलाई जिउँदै इँटाभट्टामा जलाएको आरोप लागेको छ । सोही आरोपमा अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो ।

उता आलमलाई सुरक्षाकै कारण उनलाई नख्खु कारागार ल्याइएको बताइएको छ । आलमलाई रौतहटमै राख्दा सुरक्षा समस्या हुने सम्भावना भएकाले काठामाडौं ल्याइएको बताइएको छ ।

आलमलाई थुनामा पठाउने न्यायाधीश र बहस गर्ने सरकारी वकिल पनि सुरक्षाका कारण रौतहट छाडेको समाचारहरु प्रकाशित भएका छन् । यसअघि पनि पीडित पक्षका वकिलले रौतहटमा पीडितको पक्षमा आफूहरुले बहस गर्दैगर्दा भयभित हुनुपरेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: