सीमा विवाद वार्ताकै माध्यमबाट हल गर्नुपर्छ : देउवा « Nagarik Khabar

सीमा विवाद वार्ताकै माध्यमबाट हल गर्नुपर्छ : देउवा



कञ्चनपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कूटनीतिक र वार्ताको माध्यमद्वारा सीमा विवाद समाधान गनुपर्ने बताएका छन् ।

सरकाले राष्ट्रवादको नारा दिए पनि त्योअनुसार काम गर्न नसकेको उनको आरोप थियो ।

नेपाल प्रेस युनियन कञ्चनपुरले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले सीमा विवाद समाधानका लागि सरकारले पहल गर्न नसकेको आरोप टिप्पणी गरे ।

पत्रकार सम्मेलनमा देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको बताए ।

‘कालापानी हाम्रो हो । महाकाली सन्धिअनुसार पनि कालापानी नेपालको हो,’ उनले भने, ‘सन्धिमा महाकाली नदीलाई नेपाल र भारतको सीमा नदी भनिएको छ ।’

महाकाली सन्धिअनुसार महाकाली नदीको पानी आधा भारत र आधा नेपालको भएको उनको भनाइ थियो । भारतले महाकाली सन्धि कार्यान्वयन गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: