मकवानपुरमा घरको पर्खालले किचेर एकको मृत्यु « Nagarik Khabar

मकवानपुरमा घरको पर्खालले किचेर एकको मृत्यु



मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–३ जलजलेमा घर भत्काउने क्रममा पर्खालले किचेर एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार स्थानीय शान्ति लामाको घर भत्काउने क्रममा बकैया–३ चिसापानीका २७ वर्षीय बुद्ध लामा मोक्तानको मृत्यु भएको हो ।

घर भत्काउने क्रममा खटिएका मोक्तान पर्खालले किचेपछि घाइते भएका थिए । हात्तीसुँडे स्वास्थ्यचौकी लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: