विप्लव समूहसँग रहेको अत्याधुनिक हतियार बरामद « Nagarik Khabar

विप्लव समूहसँग रहेको अत्याधुनिक हतियार बरामद



काठमाडौं । दाङमा नेत्र विक्रम चन्द विप्लव समूहसँग रहेको अत्याधुनिक हतियार र गोली गठ्ठा प्रहरीले बरामद गरेको छ ।

शिवराज नगरपालिका – १ कालाकाटे क्षेत्रको गोठमा लुकाएर राखेको अवस्थामा प्रहरीले पाँच थान एसएमजी राइफल, १३ थान म्याग्जिन, त्यसमा लाग्ने ३९० राउण्ड गोली बरामद गरेको हो ।

प्रहरीले निगरानी गरिरहेको र छापा हान्न प्रहरी आउँदै गरेको सूचना पाउनासाथ विप्लव कार्यकर्ता हतियार छाडेर भागेको पनि प्रहरीले जनाएको छ ।

प्रदेश ५ प्रहरी, जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय गढवाको संयुक्त टोलीले उक्त हतियार बरामद गरेको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: