उदयपुरका झण्डै आधा व्यपारिक प्रतिष्ठान करको दायाराबाहिर « Nagarik Khabar

उदयपुरका झण्डै आधा व्यपारिक प्रतिष्ठान करको दायाराबाहिर



उदयपुर । उदयपुरमा रहेका अधिकांश व्यापारिक प्रष्तिठानहरु करको दायाराबाहिर रहेको पाइएको छ ।

केन्द्रीय तथ्यांक विभागको कार्यालय उदयपुरले सार्वजनिक गरेको प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को नतिजाले अधिकाँस व्यापारिक प्रष्तिठानहरु करको दायारा बाहिर रहेको पाइएको हो ।

उदयपुरका ११ हजार ५ सय १५ व्यापारिक प्रतिष्ठान मध्ये ४३ दशमलव दुई प्रतिशत अर्थात ४ हजार ९ सय ७१ वटा प्रतिष्ठान अझै करको दायारमा आउन सकेका छैनन् । करको दायाराबाहिर रहेका व्यापारिक प्रष्ठिानहरु विना दर्ता सञ्चालन भइरहेका छन् ।

विभागका निर्देशक अनिल शर्माले बिना दर्ता सञ्चालन भएका प्रतिष्ठानलाई राज्यले नीति बनाई कानुनी दायरमा ल्याउन आर्थिक गणनाले मद्धत पुग्ने बताए । ‘तथ्यांकले देशभर सञ्चालन भएका प्रतिष्ठानमा २० लाख १२ हजार दुई सय ३७ पुरुष र १२ लाख १६ हजार दुई सय २० गरी ३२ लाख २८ हजार चार सय ५७ जना जनशक्ति खपत भएको देखाएको छ,’ शर्माले भने ।

उदयपुरका स्थानीय तहमध्ये त्रियुगा नगरपालिकाको अर्थतन्त्रको आकार सबैभन्दा ठूलो र लिम्चुङ्गबुङ्ग गाउँपालिकाको सबैभन्दा सानो देखिएको तथ्यांक छ ।

कुल औद्योगिक प्रतिष्ठानमध्ये त्रियुगामा ४ हजार एक सय ६९ र लिम्चुङ्गबुङ्गमा २ सय ६७ वटा प्रतिष्ठान संचालनमा रहेका छन् । सार्वजनिक तथ्यांककमा जिल्लामा थोक तथा खुद्रा व्यापार मोटर गाडीको कारोबार गर्ने प्रतिष्ठानको संख्या ५ हजार ९ सय २० रहेको तथ्यांक कार्यालय उदयपुरका तथ्यांक अधिकृत शिवनारायण महत्तोले बताए ।

‘घरजग्गाको कारोबार गर्ने एउटा मात्र प्रतिष्ठान रहेको पाइएको छ,’ उनले भने, ‘२०७५ वैशाख १ गतेदेखि जेठ मसान्तसम्म राष्ट्रव्यापीरूपमा गणना गरिएको थियो ।’

सबै व्यावसायिक क्षेत्र र प्रतिष्ठानका आर्थिक एकाई (वस्तु तथा उत्पादन) को विवरण गणनामा समावेश गरिएको थियो । आर्थिक गणना देशभित्रका आर्थिक एकाइहरूको आकार, प्रकार, संरचना पत्ता लगाउन गरिएको हो ।

सडक फुटपाथमै भए पनि स्थायी रूपमा एकै थलोमा गरिने चिया पसलदेखि ठूला उद्योग, व्यावसायलाई तथ्यांक समेटिएको छ ।

आर्थिक गणनाले उदयपुरमा ११ हजार पाँच सय १५ प्रतिष्ठानमा २७ हजार आठ सय ९३ जनाले रोजगार पाएको देखाएको छ । रोजगार पाएकामध्ये १६ हजार दुई सय ७९ जना पुरुष र ११ हजार ६ सय १४ महिलाको संख्या तथ्यंक सार्वाजनिक भएको छ ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: