चितवनमा हात्तीको आक्रमणबाट दुईको मृत्यु « Nagarik Khabar

चितवनमा हात्तीको आक्रमणबाट दुईको मृत्यु



चितवन । चितवनकाे माडी ठोरी हुलाकी सडकमा शनिबार बिहान हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय माडीका प्रमुख प्रहरी निरीक्षक हर्क विश्वकर्माका अनुसार माडी नगरपालिका वडा नं ९ पुरानो अम्बुबा पोष्ट नजिकै देउराली ओरालोमा बच्चासहितको हात्तीको बथानले आक्रमण गरेको हो ।

मृत्यु हुनेमा माडी नगरपालिका वडा नं १ बरुवाका ६० वर्षीय बाबुराम पौडेल र उनका छोरा ३५ वर्षीय राजु पौडेल रहेका छन् । दुवै जना लु३१प २९११ नंको मोटरसाइकलमा निकुञ्जको बाटो हुँदै माडीबाट बाँदरझुलातर्फ जाँदै गर्दा घटना भएको हो ।

हात्ती देखेपछि मोटरसाइकल रोकेर भाग्ने क्रममा हात्तीले आक्रमण गरेको प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: