नेपालद्वारा हङकङलाई २१८ रनको लक्ष्य « Nagarik Khabar

नेपालद्वारा हङकङलाई २१८ रनको लक्ष्य



काठमाडौं । बंगलादेशमा जारी एसिसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले हङकङलाई २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले व्याटिङमा उत्रेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २१७ रन बनाएको थियो । खराब सुरुवात गरेको नेपालले तीन रन बनाउँदा ओपनरद्वोय ज्ञानेन्द्र मल्ललाई शून्य र कुशल भुर्तेललाई एक रनमा गुमाएको थियो । नेपालका लागि शरद भेषवाकरले सर्वाधिक ८९ रनको अर्धशतकीय पारी खेले ।

यस्तै, शरद भेषवाकरसँग ८३ रनको साझेदारी गरेका दीपेन्द्र सिंह ऐरीले ३७ रन बनाएका थिए । यसैगरी, आरिफ शेखले ४२ रन तथा विनोद भण्डारीले १५ रन बनाए ।

ऐजाज खानले ३, नसरुल्ला राणा र एहसन खानले समान २–२ विकेट लिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: