नेपालटारमा दुर्घटना, छानामाथि मोटरसाइकल


SHARES

इलाम । इलाम नगरपालिका १ नेपालटारमा भएको मोटरसाइल दुर्घटनामा दुई जना घाइते भएका छन् ।

इलामबाट राँके जाँदै गरेको मोटरसाइकल मेची राजमार्गस्थित नेपालटारमा दुर्घटना भएको हो । मोटरसाइकल उछिट्टिएर घरको छानामाथि पुगेको छ ।

मोटरसाइकलमा सवार सशस्त्र प्रहरी जवानद्वय सुनसरी महेन्द्रनगरका इन्द्र बस्नेत र इलाम राँकेका पहलमान मगर घाइते भएका छन् ।

दुर्घटनास्थलबाट उनीहरुको उद्धार गरी उपचारका लागि इलाम अस्पतालमा उपचार भइरहेको छ ।

तीव्र गतिमा रहेको मोटरसाइकल मोडमा दुर्घटना भएको हो।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV