उपनिर्वाचनबाट ब्याक भयो विप्लव समूह, थबाङमा उम्मेदवारी फिर्ता « Nagarik Khabar

उपनिर्वाचनबाट ब्याक भयो विप्लव समूह, थबाङमा उम्मेदवारी फिर्ता



रोल्पा । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट उपनिर्वाचनमा उम्मेदवारी दर्ता गराएका भद्र झाँक्रीले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

हरेक निर्वाचनमा सर्वाधिक चर्चामा रहने रोल्पाको थबाङमा मंसिर १४ गते हुने उपनिर्वाचनका लागि विप्लव नेकपाले स्वतन्त्र रुपमा भद्र झाँक्रीको उम्मेदवारी दर्ता गरेको थियो।

उम्मेदवारी दर्ता गरेसँगै झाँक्रीले आफ्नो पक्षमा सहमति जुटाउने प्रयास गरेका थिए । तर उनको प्रयास सफल नभएपछि उनले उम्मेदवारी फिर्ता लिएका हुन् ।

वडा सदस्य रहेका झाँक्रीले वडा सदस्यबाट राजीनामा दिएर वडाध्यक्षका लागि उम्मेदवारी दर्ता गरेका थिए ।

वडाध्यक्षका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट जनकबहादुर बुढा, नेपाली कांग्रेसबाट कमल रोकाले उम्मेदवारी दर्ता गरेका छन् ।

मस्तिष्कघातका कारण थबाङ गाउँपालिका–१, थबाङको वडाध्यक्ष फर्कबहादुर बुढाको गत असारमा निधन भएपछि वडाध्यक्षको पद रिक्त छ ।

२०७४ असार १४ गते भएको स्थानीय तह निर्वाचनमा विप्लव नेतृत्वको नेकपाको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका दिवंगत बुढाले तात्कालिन नेकपा (माओवादी केन्द्र)का उम्मेदवार ग्रीस पुनलाई पराजित गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: