बम विस्फोटमा ६ जनाको मृत्यु, ३० घाइते « Nagarik Khabar

बम विस्फोटमा ६ जनाको मृत्यु, ३० घाइते



एजेन्सी । इराकको राजधानी बग्दादनजिकै भएको बम विस्फोटको घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ । घटनामा परी ३० जना घाइते भएका गृह मन्त्रालय स्रोतले जनाएको छ ।

कारले छेकिनेगरी राखिएको बम विस्फोटन भएको बताइएको छ । भिडभाडबीच शुक्रबार राति अबेर बम विस्फोट भएको हो । प्रदर्शनकारीहरुको मुख्य केन्द्र मानिने तार्हिर स्क्वायरनजिकै घटना भएको हो ।

ठूलो संख्यामा रहेका प्रदर्शनकारीलाई लक्षित गरी बम विस्फोटन गराइएको हुन सक्ने अनुमान गरिएको छ । तार्हिर स्क्वायरमा लामो समयदेखि प्रदर्शन हुँदै आएको छ ।

उनीहरुले देशको शासन व्यवस्थामा पुनर्संरचना हुनु पर्ने, भ्रष्टाचार न्युनिकरण गर्नु पर्ने, उत्तरदायी हुनु पर्ने, सार्वजनिक सेवामा सुधार हुनु पर्ने, रोजगारी सृजना गरी बेरोजगारी हटाउनु पर्ने लगायतका माग राख्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: