सुरक्षित गर्भपतन कसरी गर्ने ? (चिकित्सकको सुझावसहित)

स्वास्थ्य सवाल


SHARES

काठमाडौं । सामान्यतया गर्भ रहेको केही समयपश्चात् महिलाले आफ्नो स्वेच्छामा गर्भमा रहेको शिशु फाल्नुलाई गर्भपतन भनिन्छ ।

नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने कानुनी व्यवस्था छ । नेपालमा सन २००२ मा नेपालमा गर्भपतनले कानुनी रुपमा व्यवस्था गरेको हो ।

जबरजस्ती करणी र हाडनाता करणीबाट रहन गएको १८ हप्ता सम्मको गर्भ र गर्भपतन नगराएमा गर्भको कारणले महिलाको जीवन र स्वास्थ्यमा खतरा पर्ने भएमा, शारिरीक तथा मानसिक रुपले महिलाको स्वास्थ्यमा असर पर्ने भएमा र विकलाङ्ग बच्चा जन्मन सक्ने भएमा योग्य चिकित्सकको रायले जुनसुकै अवधिको गर्भगर्भपतन गर्न पाईने व्यवस्था छ ।

स्वास्थ्य संस्थामा गएर अनुभवी चिकित्सकद्वारा गर्भपर्तन गराएमा असर नपर्ने अर्थात सुरक्षित गर्भपतन भनिन्छ ।

अनुभवी चिकित्सकबाट गर्भपतन नगराउँदा महिलाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गर्छ । पछिल्लो समय नेपालमा गर्भपतन गराउनेको संख्या बढ्दो रहेको अध्ययनले देखाएको छ ।

समाजमा बेइज्जती हुने डरका कारण कतिपयले असुरक्षित गर्भपतनको बाटो अपनाउने गर्दछन् । सुरक्षित गर्भपतनले कति महिलाको जीवन जोगाएको छ । जीवन सहज पनि भएको होला । तर, पूर्ण जानकारी नलिएर गर्भपतन गराउँदा धेरैले तत्काल र दीर्घकालमा विभिन्न समस्या भोग्नु परेको छ ।

गर्भपतन सुरक्षित भए पनि प्राकृतिक प्रक्रियालाई बाधा पुर्याउँदा महिलाको स्वास्थ्यमा असर पर्ने चिकित्सकहरुको भनाई छ । सकेसम्म गर्भपतन गर्दै नगर्न सल्लाह दिन्छिन् वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर निरा सिंह श्रेष्ठ

पछिल्लो समय सानो उमेरका युवती गर्भपतनको सिकार बनिरहेका छन् । गर्भपतन गर्ने क्रममा धेरै रगत बग्ने, पाठेघरमा समस्या हुने, संक्रमण भई ज्यान समेत जान सक्छ ।

तल्लो पेट दुखिरहने, ढाड कम्मर दुखिरहने, त्यसका साथै तत्काल केही नभए पनि पाठेघरमा समस्या भई भविष्यमा बाँझोपनको समस्या समेत हुने सम्भावना बढी हुन्छ । उमेर अनुसार सानो उमेरमा गर्भ रही गर्भपतन गराउँदा मानसिक तनाव समेत हुन्छ ।

गर्भपतन गराउनुभन्दा पनि गर्भ नै कसरी रहन नदिने भन्ने विषयमा युवापुस्तालाई सचेतना जगाउनु पर्ने डा. श्रेष्ठको सुझाव छ ।

गर्भनिरोधक साधनहरुको प्रयोगको बारेमा विद्यालय शिक्षामा नै समावेश गरेर वा अन्य तरिकाबाट यसबारेमा राम्रोसँग जानकारी दिनुपर्ने उनी बताउछिन् ।

गर्भपतन स्वास्थ्यका दृष्टिले राम्रो उपाय पक्कै होइन । मानिसको स्वास्थ्य सबैभन्दा ठूलो सम्पत्ति हो । त्यसैले स्वास्थ्यप्रति सबै सचेत हुनैपर्छ । गर्भ निरोधक साधनहरुको प्रयोग गर्ने र विशेष गरी युवा पुस्तालाई यस विषयमा सचेतना जगाउनु आजको आवश्यकता हो ।


SHARES


mode_editप्रतिक्रिया




menu LIVE TV
menu LIVE TV