प्रधानमन्त्री ओलीको तेस्रोपटक डायलासिस, आजै डिस्चार्ज हुने « Nagarik Khabar

प्रधानमन्त्री ओलीको तेस्रोपटक डायलासिस, आजै डिस्चार्ज हुने



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा तेस्रोपटक डायलासिस गरिएको छ । उनको शनिबार काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पतालमा मिर्गौलाको डायलासिस गरिएको हो ।

उनी अस्पतालले जारी गरेको विज्ञप्ति अनुसार नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि शनिबार बिहान अस्पताल पुगेका हुन् । प्रधानमन्त्री ओलीको हेमोडायलासिस गरिएको अस्पतालले जनाएको छ । ओलीले यसअघि ग्रान्डी अस्पतालमा डायलसिस गराएका थिए ।

अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो रहेको र उनी शनिबारै प्रधानमन्त्री निवास बालुवाटार फर्कने जनाएको छ । 

१२ वर्षअघि भारतको नयाँ दिल्लीमा ओलीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। उनले भदौमा सिंगापुरमा पुनः उपचार गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

%d bloggers like this: